आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

संसदमा प्रधानमन्त्री प्रचण्डको लिखित सम्बोधन : हामी निरन्तर जनताको निगरानीमा छौँ

सोमबार, २५ पुस २०७९, १५ : ३८
सोमबार, २५ पुस २०७९

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुलाई जनताले सशर्त समर्थन गरेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठकमा लिखित मन्तव्य राख्दै प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको बताएका हुन् ।  उनले विविधताको फुलवारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले प्रतिनिधित्व गर्ने भएकोले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको बताए । 

उनले भने– ‘हामी फरक फरक राजनीतिक पार्टीबाट आएका छौँ तर जनताको सुशासन र विकास प्राप्तिको उद्देश्य भने साझा रहेका छन् । मलाई विश्वास छ हामी प्रतिक्रियाको हैन क्रियाको राजनीति गर्नेछौँ । हामी साझा प्रतिबद्धतामा एक ठाउँमा उभिने छौँ । हामी भर्खर जनताबाट आएका हौँ । त्यसैले जनताका गुनासा, चासो र चिन्तालाई हामीले अत्यन्तै नजिकबाट महशुस गरेका छौँ । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन । समाधानको सुत्र खोज्नुछ र समाधानतिर अगाडि बढ्नुछ ।’ उनले यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने विश्वास समेत ब्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप