एकीकृत समाजवादीले शर्तसहित विश्वासको मत दिने
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
‘एकीकृत समाजवादीले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एजेन्डाहरु राखिनेछन् । ती एजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेला पर्खने सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने हाम्रो निर्णय छ ।'
ती शर्तहरूमा राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र लगायतको सुधारका विषयहरू हुने र पार्टी अध्यक्ष तथा दलका नेताले यसबारे संसद्मा विचार राख्ने खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसद्मा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण