सीप विकास तालिमबाट १४ जना लाभान्वित
जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ मा एक महिने ढाका बुनाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मंसिर २५ गतेदेखि सुरु भएको तालिम पुस २५ सकिएको हो ।
उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त आयोजनामा ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने मुख्य उद्देश्यका साथ तालिम दिइएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले स्वरोजगार सिर्जनाका लागि सीपमुलक तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उद्यम बन्ने लक्ष्यका साथ तालिमलाई ग्रहण गर्न आग्रह गरे । ढाकाको प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत उनले जनाए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले व्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि कार्यालयले सहयोग गर्ने बताए ।
तालिममा गाउँपालिकाका १, ६ र ८ वडाका १४ जना महिलाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
-
दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारियो
-
लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
-
अन्डरडग घानासँग हेभिवेट कोलम्बियाको भिडन्त
-
पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण