फेलिक्सलाई अनुबन्ध गर्दै चेल्सी
मङ्गलबार, २६ पुस २०७९, २१ : ०६
लण्डन । चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई ऋणमा अनुबन्ध गर्ने तयारी गरेको छ । २३ वर्षीय खेलाडीलाई आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न चाहे पनि उनी चेल्सी आउने लगभग निश्चित भएको बीबीसीले उल्लेख गरेको छ ।
सन् २०१९ मा एट्लेटिकोले फेलिक्सलाई बेन्फिकाबाट कीर्तिमानी ११.३ करोड पाउन्डमा अनुबन्ध गरेको थियो । तर, उनले अपेक्षाअनुसार निरन्तररुपमा उत्कृष्ट खेल प्रदर्शन गर्न भने सकेका छैनन् । यो सिजन एट्लेटिकोका लागि २० खेलमा ५ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
चेल्सीका मालिक टोड बोहलीले म्यानेजर ग्राहम पोटरको चोटग्रस्त टोलीलाई आड प्रदान गर्न चाहेका छन् । टोली हाल प्रिमियर लिगको १० औँ स्थानमा खस्किएको छ भने आइतबार मात्र एफए कपमा टोली म्यानचेस्टर सिटीसँग ४–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण