अहिलेको सफलतालाई कम आँक्न हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अहिलेको सफलतालाई कम आक्न नहुने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसिएल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले धेरै खालका घेरा र प्रतिरोध तोडेर सफलता मिलेको बताए ।
‘यतिबेला सरकार र पार्टी नेतृत्वलाई धेरै मद्यत चाहिएको छ । हामी प्रक्रियावादीका धेरै घेराबन्दीलाई चिरेर यहाँसम्म आइपुगेका हौ । यहाँ सजिलै आएको होइन’ प्रचण्डले भने, ‘हिजो घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौ । अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाट यो सफलता पाएको हो । यो सफलता पार्टी, कार्यकता नेपाली जनता र
हामीलाई सफलता मिलेको छ । यसलाई हामीले कम आक्न हुँदैन ।’ युवाहरुको मागलाई सम्बोधन हुनेगरी आफूले काम गर्ने प्रचण्डले बताए । अहिलेको सरकार सफल हुने कुरा एतिहासका लागि समेत लागि अविस्मरणीय हुने प्रचण्डको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण