शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको सफलतालाई कम आँक्न हुँदैन : प्रधानमन्त्री

बुधबार, २७ पुस २०७९, १२ : ५९
बुधबार, २७ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अहिलेको सफलतालाई कम आक्न नहुने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसिएल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले धेरै खालका घेरा र प्रतिरोध तोडेर सफलता मिलेको बताए ।  

‘यतिबेला सरकार र पार्टी नेतृत्वलाई धेरै मद्यत चाहिएको छ । हामी प्रक्रियावादीका धेरै घेराबन्दीलाई चिरेर यहाँसम्म आइपुगेका हौ । यहाँ सजिलै आएको होइन’ प्रचण्डले भने, ‘हिजो घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौ । अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाट यो सफलता पाएको हो । यो सफलता पार्टी, कार्यकता नेपाली जनता र

हामीलाई सफलता मिलेको छ । यसलाई हामीले कम आक्न हुँदैन ।’ युवाहरुको मागलाई सम्बोधन हुनेगरी आफूले काम गर्ने प्रचण्डले बताए । अहिलेको सरकार सफल हुने कुरा एतिहासका लागि समेत लागि अविस्मरणीय हुने प्रचण्डको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप