हामीले पाएको अवसरलाई सदुपयोग गर्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले पाएको यो अवसरलाई सदुपयोग गर्ने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल)ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने बचन दिएका छन् ।
‘हामीले पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्ने छ । पार्टी निर्माणमा, वाइसीएल बलियो बनाउनेमा, जनताको विकास निर्माणको गतीलाई बढाउन र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नेमा सदुपयोग गर्नु छ’ प्रचण्डले भने, ‘आर्थिक समृद्धिको जुन कल्पना गरेका छौं । त्यसमा मैले सदनमा जुन हिजो प्रस्तुत गरेको छु । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुने छ ।’ यदि युवा नेतृत्वहरू इमानदार भए यहीँबाटै समाजवादको आरम्भ विन्दु बन्न सक्ने प्रचण्डको भनाइ छ । प्रचण्डले पार्टी र सरकारलाई यो चुनौतीपूर्ण अवसर सफल पार्नको सहयोग गर्न अपिल गरेका छन् ।
पार्टीलाई व्यापक रूपमा विस्तार वाईसीएल लाग्न प्रचण्डले निर्देशन दिएका छन् । अहिले पार्टीमा युवाहरूलाई समेट्न २० प्रतिशत कोट छुट्याएको बताए । ‘हामीले पार्टीमा युवाहरूलाई २० प्रतिशत राख्ने कुरा आवेगमा गरेको निर्णय होइन । युवाहरू सक्रिय भएर पार्टीलाई बलियो बनाउन ल्याएको हो’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण