मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हामीले पाएको अवसरलाई सदुपयोग गर्नुपर्छ : प्रचण्ड

बुधबार, २७ पुस २०७९, १३ : ०१
बुधबार, २७ पुस २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले पाएको यो अवसरलाई सदुपयोग गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग (वाइसीएल)ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने बचन दिएका छन् । 

‘हामीले पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्ने छ । पार्टी निर्माणमा, वाइसीएल बलियो बनाउनेमा, जनताको विकास निर्माणको गतीलाई बढाउन र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नेमा सदुपयोग गर्नु छ’ प्रचण्डले भने,  ‘आर्थिक समृद्धिको जुन कल्पना गरेका छौं । त्यसमा मैले सदनमा जुन हिजो प्रस्तुत गरेको छु । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुने छ ।’ यदि युवा  नेतृत्वहरू इमानदार भए यहीँबाटै समाजवादको आरम्भ विन्दु बन्न सक्ने प्रचण्डको भनाइ छ । प्रचण्डले पार्टी र सरकारलाई यो चुनौतीपूर्ण अवसर सफल पार्नको सहयोग गर्न अपिल गरेका छन् ।

पार्टीलाई व्यापक रूपमा विस्तार वाईसीएल लाग्न प्रचण्डले निर्देशन दिएका छन् । अहिले पार्टीमा युवाहरूलाई समेट्न २० प्रतिशत कोट छुट्याएको बताए ।   ‘हामीले पार्टीमा युवाहरूलाई २० प्रतिशत राख्ने कुरा आवेगमा गरेको निर्णय होइन । युवाहरू सक्रिय भएर पार्टीलाई बलियो बनाउन ल्याएको हो’ प्रचण्डले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप