सरोजकुमार यादव : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
बारा । मधेस प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा बाराका सरोजकुमार यादव नियुक्त भएका छन् । धार्मिक र सांस्कृतिक रूपले सम्पन्न बाराको सिम्रौनगढ नगरपालिका हरिहरपुर गाउँमा २०३० साल फागुन ३० गते यादवको जन्म भएको हो । माध्यमिक तहसम्म गाउँकै विद्यालयमा शिक्षा लिएका उनी स्नातकोत्तर अध्ययन गर्दागर्दै राजनीतिमा लागेका हुन् ।
२०४८ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीको सदस्यता ग्रहण गरेर यादव सक्रिय राजनीतिमा होमिएका हुन् । २०५४ सालमा बारा जिल्लाको हरिहरपुर गाउँ विकास समितिको अध्यक्ष भएका उनी २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी संघीय सरकारको स्वास्थ्य राज्यमन्त्रीसमेत भएका थिए । २०७४ को निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित भएर मधेस प्रदेशको सभामुख भएका यादव यसपटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर मधेस प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्मको यात्रा
आफ्नो गाउँ र समाजमा राम्रो छाप छाड्न सफल यादव स्थानीय तहमा प्रतिष्ठित परिवारका सदस्य मानिन्छन् । २०५४ सालमा हरिहरपुर गाविस अध्यक्ष भएका उनी २०७४ मा मधेस प्रदेशसभाको सभामुख र २०७९ सालमा मधेस प्रदेशको मुख्यमन्त्री बन्न सफल भए ।
२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा बारा १ (ख) बाट निर्वाचित भएपछि यादव तत्कालीन राजपाबाट प्रदेशसभाको सभामुख बनेका थिए । मधेस प्रदेशको नामकरण र राजधानी निर्धारण गर्दा उनको भूमिकालाई मधेसमा प्रशंसा गरिएको थियो ।
मधेस प्रदेशको सभामुख हुँदा विवादरहित ढंगले काम गर्न सफल भएका यादव ०७४ मा तत्कालीन राजपाबाट निर्वाचित भएका हुन् । राजपा र संघीय समाजवादीबीच एकता भएर बनेको जसपा विभाजन हुँदा उनी जसपामै रहे । जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेता अलग भएर लोसपा गठन गर्दा उनी जसपामै रहेका हुन् ।
मधेस प्रदेशमा १६ सांसदसहित तेस्रो र निर्णायक दल रहेको जसपामा दलको नेता बन्न मुख्यमन्त्री लालबाबु राउत र सरोज यादवबीच चुनावी प्रतिस्पर्धा हुने तय भएको थियो । दुवैले उम्मेदवारी दिए पनि अन्तिम समयमा पार्टीका सांसदहरूको साथ नपाउने देखेपछि राउत ‘ब्याक’ हुन बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण