मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव नियुक्त भएका छन् । ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बारा १ (२) बाट निर्वाचित यादवलाई आज प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धप्रसाद सिंह यादव गरी कुल ६३ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
मधेश प्रदेशमा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पर्नेमा उनी ६२ जनाको समर्थनमा यादवको दावी पेस भएको थियो। सोही अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख मिश्रले पुष २८ गते ४ बजेसम्मको समय दिएका थिए। सो समय अगावै दलहरुले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेस गरेका थिए। मुख्यमन्त्री यादवको सपथ भने शुक्रबार हुने जनाएको छ। यादवले शपथ ग्रहण पश्चात मन्त्रिमण्डल विस्तार गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज