राजनीति
कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
बुधबार, २७ पुस २०७९, १५ : ५५
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।
बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको हो ।
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने उनले रातोपाटीलाई बताए ।
एमाले र माओवादी केन्द्रबीच यस्तो सहमति भएसँगै मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाने तयारी भइरहेको छ । प्रदेश प्रमुख समक्ष माओवादी केन्द्रका राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण