राजनीति
कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस
बुधबार, २७ पुस २०७९, १६ : ४९
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।
शर्मालाई २५ सांसदको समर्थन रहेको छ । माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने छ ।
योसँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका छन् । माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
-
दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारियो
-
लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
-
अन्डरडग घानासँग हेभिवेट कोलम्बियाको भिडन्त
-
पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण