साना किसान विकास लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । आज भएको सम्झौताअनुसार लघुवित्तले क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने भएको हो ।
सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नव राज सिम्खडा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात साना किसान विकास लघुवित्तकोआन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।
यस अन्तर्गत साना किसान विकास लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस/कनेक्टआईपीएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप र कर्जाको किस्ता संकलन लगायत भुक्तानी गर्न सक्ने छ । यस्तै, विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण