सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने

बुधबार, २७ पुस २०७९, १९ : ५८
बुधबार, २७ पुस २०७९

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३, ४ मा हुने भएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त मितिमा महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

महासचिव समिक बडालका अनुसार विधान अधिवेशन गरेको ६ महिनाभित्रमा महाधिवेशन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार फागुनमा महाधिवेशन गर्ने निर्णय गरिएको हो। बैठकले सम्मेलनरअधिवेशन नभएका कमिटीहरूको अधिवेशन माघ १५ सम्म गरिसक्नुपर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुले चैत ५ गतेलाई तोकिएको स्ववियु निर्वाचन अघि महाधिवेशन गर्ने लागेको हो। संगठनलाई चुस्त दुरूस्त बनाएर स्ववियु निर्वाचनमा लैजान खोजिएको महासचिव बडालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप