अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने
बुधबार, २७ पुस २०७९, १९ : ५८
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३, ४ मा हुने भएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त मितिमा महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
महासचिव समिक बडालका अनुसार विधान अधिवेशन गरेको ६ महिनाभित्रमा महाधिवेशन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार फागुनमा महाधिवेशन गर्ने निर्णय गरिएको हो। बैठकले सम्मेलनरअधिवेशन नभएका कमिटीहरूको अधिवेशन माघ १५ सम्म गरिसक्नुपर्ने निर्णय गरेको छ ।
अनेरास्ववियुले चैत ५ गतेलाई तोकिएको स्ववियु निर्वाचन अघि महाधिवेशन गर्ने लागेको हो। संगठनलाई चुस्त दुरूस्त बनाएर स्ववियु निर्वाचनमा लैजान खोजिएको महासचिव बडालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण