मन्त्रालयको भागबण्डा टुंगो लगाउन बिहिबार सत्ता गठबन्धनको बैठक बस्दै
बुधबार, २७ पुस २०७९, २१ : १०
काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगो लगाउन भोलि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सत्ता गठबन्धनका बैठक तय भएपनि समय भने निर्धारण हुने सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले हिजो प्रतिनिधि सभामा विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार गर्न जुटेका छन् । त्यसै अनुसार प्रधानमन्त्री प्रचण्ड गोरखाबाट आएर आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न उनको निवास बालकोट पुगेका थिए ।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रचण्डको सचिवालयले जनाएका छ । सचिवालयका अनुसार भोलि गठबन्धनका नेताहरुबीच थप छलफल गरेर मन्त्रीको टुंगो लगाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण