भारतका दुई कफ सिरपमाथि डब्ल्यूएचओको चेतावनी, प्रयोग नगर्न सुझाव

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनी मरिन बायोटेकका दुईवटा कफ सिरप प्रयोग नगर्न सुझाव दिएको छ । चिकित्सकीय उत्पादनको विषयमा जारी चेतावनीमा डब्ल्यूएचओले बुधबार भनेको छ कि मरिन बायोटेकका दुई दुषित चिकित्सकीय उत्पादन (कफ सिरप) गुणस्तर मापदण्ड वा विशिष्टतामा खरो उत्रिन सकेन ।
विश्व स्वास्थ्य सङ्गठनले यी कफ सिरपको बिक्री पूर्णरुपमा बन्द गर्नुपर्ने बताएको छ । यसका लागि प्रभावित देश र क्षेत्रमा आपूर्तिको अनुगमन बढाउन निर्देशन पनि दिएको छ । उज्बेकिस्तानले मरिन बायोटेकका दुईवटा कफ सिरप खाँदा १९ बालबालिकाको ज्यान गएको आरोप लगाएको छ । यो कम्पनी नोएडा, उत्तर प्रदेशमा रहेको छ ।
डब्ल्यूएचओको वेबसाइटमा भनिएको छ, ‘यी दुई उत्पादनहरू डिसेम्बर २२, २०२२ मा उज्बेकिस्तानमा पहिचान गरिएको थियो । यी उत्पादन हुन् AMBRONOL सिरप र DOK-1 Max सिरप । यी दुबै उत्पादनको निर्माण मरिन बायोटक प्राइभेट लिमिटेडले गर्छ । त्यतिबेलासम्म अहिलेसम्म कम्पनीले डब्ल्यूएचओको गुणस्तरको विषयमा कुनै ग्यारेन्टी दिएको छैन ।’
उज्बेकिस्तानमा गरिएको अनुसन्धानमा यी कफ सिरपहरूमा डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल अस्वीकार्य मात्रामा पाइएको थियो ।
बिहीबार, उत्तर प्रदेशको खाद्य सुरक्षा र औषधि प्रशासनले मरीन बायोटेकको लाइसेन्स रद्द गरेको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार गौतम बुद्ध नगर ड्रग इन्स्पेक्टर वैभव बाबरले भनेका थिए, ‘हामीले पर्याप्त कागजात उपलब्ध नगरेको कारण मरिन बायोटेकको लाइसेन्स रद्द गर्दैछौँ । यससँगै कम्पनीलाई कारण देखाउ नोटिससमेत जारी गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी आबद्ध हुने समाचारपछि मियामीमा थपिए ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी
-
केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?
-
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा, तराईमा लू चल्ने