गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड
म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनाको अवधिमा रु तीन करोड ३७ लाख छ सय ४५ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा रु २० लाख दुई हजार खर्च भई रु तीन करोड १६ लाख ९७ हजार बचत भएको जनकारी दिइन्।
“गत असार सम्मको आम्दानी रु दुई करोड ९० लाख ८२ हजार थियो”, उनले भनिन्, “खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र रु २६ लाख १५ हजार बचत भएको छ ।”
मेलापर्वमा भेटी रु २२ लाख ५६ हजार, मण्डप भेटी रु आठ लाख २२ हजार, ब्याज आम्दानी रु पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत रु एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट रु एक लाख ३१ हजार, दान रु दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट रु एक लाख ९९ हजार र स्टल भाडा रु दुई लाख २२ हजार सङ्कलन भएको छ ।
आव २०७८÷७९ मा रु ४० लाख ८५ हजार भेटीसहित रु ९१ लाख ८२ हजार आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण