आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले घनश्यामलाई पठाएको जवाफमा के छ ? (पत्रसहित)

बिहीबार, २८ पुस २०७९, १४ : ५१
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वामपन्थी नेता घनश्याम भुसालले गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’लाई स्वागत गर्दै जवाफी पत्र पठाएको छ । सो पार्टीको वाम एकता वार्ता समितिले भुसाललाई बुधवार पठाएको पत्रमा भुसालले राखेका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गर्दा प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा र सकारात्मक भएको उल्लेख छ । 

भुसाललाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘तपाईँले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।’ भुसाललाई एकीकृत समाजवादीले पठाएको जवाफी पत्रमा छिटोभन्दा छिटो पार्टीमा आबद्ध भएर कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरण अभियानमा सरिक हुन अनुरोध गरिएको छ । 

‘....त्यसैले तपाईँ अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान् अभियानमा सरिक हुन हार्दिक अनुरोध छ’, पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप