शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रीमण्डल, मुख्यमन्त्रीसहित मन्त्रीले लिए शपथ

बिहीबार, २८ पुस २०७९, १७ : ३२
बिहीबार, २८ पुस २०७९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका हुन् ।

1

नेकपा माओवादीका संसदीय दलका नेता समेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् । थापा भने नेकपा एमालेकी समानुपातिक प्रदेश सभा सदस्य हुन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने अझै सरकारमा भएका छैनन् । आफूहरुले सरकारसँग राखेको माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने वातावरण बन्ने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप