शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट पाल्पामा एक महिलाको मृत्यु

बिहीबार, २८ पुस २०७९, १७ : ५९
बिहीबार, २८ पुस २०७९

पाल्पा । पाल्पामा भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्बरको बसको ठक्कर दिंदा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो । 

तानसेन नगरपालिका वडा नंं १२ लुङस्थित सडकमा उनलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी विश्वकर्माको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप