सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघ जुट्यो स्ववियु निर्वाचनमा, अध्यक्ष शेर्पाले तोके दुई संयोजक

बिहीबार, २८ पुस २०७९, १८ : ०२
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारी थालेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि नेविसंघले बिहीबार दुईवटा समिति बनाएको  हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा। सन्तोष उपाध्यायलाई मनोनित गरेका हुन् । गन्धर्व पूर्व केन्द्रीय सदस्य हुन् भने उपाध्याय चिकित्सा अध्ययन संस्थानको पूर्व इकाइ अध्यक्ष हुन् ।

गठित दुई समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्नसक्ने अधिकार दिइएको छ । स्ववियु निर्वाचनमा नेविसंघले सशक्त ढंगले सहभागी जनाउने अध्यक्ष शेर्पाले बताए । शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाईलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य रहेको समेत संघले उल्लेख गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप