सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, विदेश जान प्रतिबन्ध
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी गरेको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई अदालतले २० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अदालतले २० लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार सन्दीपलाई देश छाड्न नपाइने गरी धरौटी खोलिएको छ ।
लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न सर्त राखिएको र सर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने व्यवस्था राखिएको छ । २० पृष्ठ लामो आदेशमा सर्तसहित धरौटी खोलिएको छ । आदेश प्रमाणीकरणको काम भइरहेको रजिष्ट्रार कट्टेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण