शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीको पहिलो निर्णय : प्रत्येक वर्ष १० हजार बेरोजगारलाई रोजगारी दिने

बिहीबार, २८ पुस २०७९, १९ : २८
बिहीबार, २८ पुस २०७९

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले प्रत्येक वर्ष १० हजार बेरोजगारलाई रोजगारी दिनका लागि कार्यविधि बनाइने जनाएका छन् । 

उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा सो कुरा अघि सारेका हुन् । कर्णाली विकटता, गरिबी रहेको भन्दै शर्माले खुसी र सुखी प्राप्त गर्ने अभिभारा आफ्नो अगाडि चुनौतीको रूपमा रहेको बताए । 

‘सुखी हाम्रो आर्थिक सम्पन्नतासँग जोडिएको छ भने खुसी हाम्रो सामाजिक न्यायसँग जोडिएको छ,’ उनले भने,‘ त्यस कारण आर्थिक रूपमा सम्पन्नता र सामाजिक न्याय पुरा गर्नेतर्फ हामीले काम गर्नुपर्नेछ । यो २ ओटा अभिभारा पुरा गर्नका निमित्त हामीले हाम्रो पहिलो शत्रु गरिबी देखेका छौँ ।’ 

मुख्यमन्त्री शर्माले कर्णाली समृद्धिको अभियान अन्तर्गत प्रतिवर्ष कम्तीमा १० हजार बेरोजगारलाई रोजगार प्रदान गर्न बताए । ‘त्यसको निम्ति एउटा, कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय मेरो छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप