सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो काम समाजवादी कार्यक्रम तय गर्ने हुन्छ : भुसाल

शुक्रबार, २९ पुस २०७९, १४ : ५४
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी वैचारिक नेता घनश्याम भुसालले अव आफ्नो पहिलो काम समाजवादको कार्यक्रम तय गर्ने बताएका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवेशको स्वघोषणा गरेका भुसालले अबको १० या १५ वर्षमा समाजवादको कार्यक्रम तय गर्ने बताए । ‘अव १० देखि १५ वर्षमा नेपालको समाजवादी क्रान्तिको कार्यक्रम के हुन्छ भन्ने हामी ठोस कार्यक्रम तयार गर्छौं र अबको संगठनमा युवा पुस्तालाई पनि अवसर दिनेछौं’, भुसालले भने, ‘यस्तो लोकतान्त्रिक संगठन बनाउँछौं त्यहाँ कसैको विशेषाधिकार रहने छैन । हरेक कमिटी चुनिने, हरेक निर्णय बैठकले गर्ने । कसैले पार्टीमा गल्ती गर्छ भने त्यसलाई समेत कारबाही हुन्छ ।’ 

‘अव म समेत सहभागी भएको नेकपा समाजवादीले राज्य र पार्टी कब्जा गरेर राज्यलाई निजी अहम् प्रदर्शनको खेलौना बनाउने ती कुनैपनि अहंकारलाई निशन्देह असफल पारिनेछ’, भुसालले यसरी पार्टी निर्माण गर्ने दाबी गरे । उनले आजै नेकपा एकीकृत समाजवादीमा गएर निवेदन चढाउने र सदस्यता नवीकरण गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप