पहिलो काम समाजवादी कार्यक्रम तय गर्ने हुन्छ : भुसाल
काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी वैचारिक नेता घनश्याम भुसालले अव आफ्नो पहिलो काम समाजवादको कार्यक्रम तय गर्ने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवेशको स्वघोषणा गरेका भुसालले अबको १० या १५ वर्षमा समाजवादको कार्यक्रम तय गर्ने बताए । ‘अव १० देखि १५ वर्षमा नेपालको समाजवादी क्रान्तिको कार्यक्रम के हुन्छ भन्ने हामी ठोस कार्यक्रम तयार गर्छौं र अबको संगठनमा युवा पुस्तालाई पनि अवसर दिनेछौं’, भुसालले भने, ‘यस्तो लोकतान्त्रिक संगठन बनाउँछौं त्यहाँ कसैको विशेषाधिकार रहने छैन । हरेक कमिटी चुनिने, हरेक निर्णय बैठकले गर्ने । कसैले पार्टीमा गल्ती गर्छ भने त्यसलाई समेत कारबाही हुन्छ ।’
‘अव म समेत सहभागी भएको नेकपा समाजवादीले राज्य र पार्टी कब्जा गरेर राज्यलाई निजी अहम् प्रदर्शनको खेलौना बनाउने ती कुनैपनि अहंकारलाई निशन्देह असफल पारिनेछ’, भुसालले यसरी पार्टी निर्माण गर्ने दाबी गरे । उनले आजै नेकपा एकीकृत समाजवादीमा गएर निवेदन चढाउने र सदस्यता नवीकरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण