प्राइम बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा बिहीबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
यसैगरी सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% (चार प्रतिशत)का दरले बोनस शेयर दिने निर्णय भएको छ । चुक्ता पूँजीको ४% (चार प्रतिशत) का दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ ।
बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएको बैंकले जारी गरेको विज्ञप्तिले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण