शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, २९ पुस २०७९, १९ : ३५
शुक्रबार, २९ पुस २०७९

चितवन । चितवनको रत्ननगरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । 

मोटरसाइकल पछाडि सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय विश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख. ५३०१ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । 

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप