‘विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव’
शुक्रबार, २९ पुस २०७९, २२ : २९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् ।
भेटमा महराले पूर्व माओवादी जोड्न लागेकाले चन्दलाई पनि पार्टी एकतामा आउन आग्रह गरेका थिए । विप्लव निकट एक केन्द्रीय सदस्यका अनुसार भेटमा महाराले सबै माओवादी मिलेर प्राप्त उपलब्धिको रक्षा गरौँ भनेका थिए । ती नेताका अनुसार विप्लव भने तत्काल पार्टी एकता र सहकार्यका लागि तयार रहेका छैनन् ।
विप्लव नेतृत्वको नेकपाको माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकले आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
-
सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
-
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै
-
दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै
-
भारतीय विदेश मन्त्री जयशंकरको सुरक्षा बढाइयो