‘विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव’
शुक्रबार, २९ पुस २०७९, २२ : २९
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् ।
भेटमा महराले पूर्व माओवादी जोड्न लागेकाले चन्दलाई पनि पार्टी एकतामा आउन आग्रह गरेका थिए । विप्लव निकट एक केन्द्रीय सदस्यका अनुसार भेटमा महाराले सबै माओवादी मिलेर प्राप्त उपलब्धिको रक्षा गरौँ भनेका थिए । ती नेताका अनुसार विप्लव भने तत्काल पार्टी एकता र सहकार्यका लागि तयार रहेका छैनन् ।
विप्लव नेतृत्वको नेकपाको माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकले आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण