जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने
धनुषा । जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि मैदान बाह्र बिघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशङ्कर साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागी हुने छन् । करिब १६ टिमलाई चार समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता सञ्चालन गरिने छ ।
सोभन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागी गराइने आयोजक साहले बताए । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छ । प्रतियोगितामा खेलाडीको प्रोत्साहनका लागि सबै विधामा पुरुस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकासप्राप्त नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले शारीरिक र मानसिकरूपमा स्वस्थ बनाउने हुनाले बालबालिकालाई अनिवार्य खेलकुदमा लगाउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण