शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको सभामुख चयन गर्न साँझ ६ बजे मतदान

शनिबार, ३० पुस २०७९, १३ : ५३
शनिबार, ३० पुस २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज  साँझ निर्वाचन हुने भएको छ ।  शनिबार बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभा सचिव देबबहादुर बोगटीले रातोपाटीलाई  जानकारी दिए । 

सुदूरपश्चिममा सत्ता गठबन्धनको तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् ।  बिहीबार भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन सकेका थिएनन् । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप