आमाबुवालाई हेरविचार गर्न कलाकार श्रेष्ठको आग्रह
ललितपुर । आमाबुवा सबैभन्दा ठुला देवता भएकाले सम्मान गर्न नयाँ पुस्तालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गरेका छन् । श्रेष्ठले आमा बुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबैभन्दा ठुलो पुण्य प्राप्त हुने बताउँदै युवा पुस्तालाई व्यक्तिवादी स्वार्थबाट माथि उठ्न आग्रह गरेका हुन् ।
ललितपुरको लामाटार क्षेत्रमा आज ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय ज्येष्ठ नागरिकहरू अपहेलित हुनु परेको बताउनु भयो । लामाटार कृषि बहुउद्देश्यीय सहकारी संस्थाले आज लामाटारको राममन्दिर परिसरमा श्रेष्ठको प्रमुख अतिथ्यमा बिषेश कार्यक्रमको आयोजना गरेर २ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई जाडोमा न्यानो हुने कम्बल वितरण गरेको हो । संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राम मन्दिर परिसरमा न्यानो हुने कम्बल प्रदान गरी ज्येष्ठ नागरिकको सम्मान गरेर आफूहरूले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्र प्रति नै भइरहेको अविश्वासको अन्त्य गर्न खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण