मधेस प्रदेशमा सभामुखको निर्वाचन माघ २ गते, मण्डल र रायले गराए उम्मेदवारी दर्ता
जनकपुरधाम । माघ २ गते हुने मधेस प्रदेशसभाको सभामुखको लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली काँग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएको मधेस प्रदेशसभाको प्रदेशसभा सचिव रञ्जित कुमार यादवले जानकारी दिएका हुन् ।
नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले शनिवार(आज) प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको थियो । त्यसै गरी माघ २ गते १ बजे निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तालिका बनाइएको प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
प्रदेशसभा सदस्य भरत प्रसाद साह प्रस्ताव भई सरोजकुमार यादव, रामअशिष यादव र महेश प्रसाद यादवको समर्थनमा मण्डलले उम्मेदवारी दर्ता गराएका छन् भने कुमरकान्त झा प्रस्तावक भई जिवछी कुमारी यादवको समर्थनमा रायले उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा १(१) बाट निर्वाचित मण्डलको पक्षमा २ स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध प्रसाद सिंह यादव गरी कुल ७२ प्रदेशसभा सदस्यको साथ रहेको देखिन्छ भने सर्लाही २(१) बाट निर्वाचित रायको पक्षमा २९ जना प्रदेशसभा सदस्य देखिन्छन् ।
१० दलको प्रतिनिधित्व रहेको मधेस प्रदेशमा सत्ता गठबन्धनमा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नेपाल संघीय समाजवादी पार्टी १ राप्रपाका १ सांसद छन् । यता कांग्रेसका उमेदवार रायलाई कांग्रेसको २२ र नेकपा एसका ७ जना प्रदेशसभा सदस्यको साथ छ । यस प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति बमोजिम मुख्यमन्त्री जसपाले तथा सभामुख एमाले र उपसभामुख जनमतको भागमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण