माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार
कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताएका छन् । थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।
प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरे । एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “माघी, माघे वा मकर सङ्क्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पु¥याएको छ ।”
बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण