कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा
कम्बोडियाली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा छन् । उनी आइतबार बिहान मालदिभ्सका लागि प्रस्थान गरेको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
एकजना कम्बोडियाली अधिकारीले प्रधानमन्त्री हुन सेन मालदिभ्सको तीन दिने भ्रमणका लागि आइतबार बिहान मालदिभ्सको राजधानी माले प्रस्थान गरेको जानकारी दिए ।कम्बोडिया र मालदिभ्सका बीचमा सन् १९९५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो भ्रमण भएको प्रधानमन्त्री हुन सेनसँगको भ्रमणमा रहनुभएका कम्बोडियाली एकजना मन्त्री सिरी थामरोङले जानकारी दिए ।
नोम्पेन्हको अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सो कुराको जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री हुनसेनको यस भ्रमणका क्रममा मालदिभ्ससँग दुई पक्षीय सम्झौता पनि हुने बताए । उनले भने– प्रधानमन्त्री हुनसेनले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग द्विपक्षीय वार्ता गर्नेछन् । साथै त्यस अवसरमा दुई देशका बीचमा केही सहमति र सम्झौता पनि हुने भएको छ ।
उनले दुई देशका बीचमा विभिन्न छ ओटा क्षेत्रमा सम्झौता पनि हुन लागेको जानकारी दिए । कूटनीतिक, पर्यटन, स्वास्थ्य र वातावरणका क्षेत्रमा कम्बोडिया र मालदिभ्सका बीचमा समझदारी हुन लागेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण