विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफल
बेइिजङ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भनेका छन् । उनले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिबार गरेको कुराकानीमा सो कुरा बताइएको समाचारमा जनाइएको छ । चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस आधनम ग्याब्रियसले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओइसँग कुराकानी गरेका हुन् ।
उनले दिनुभएको जानकारीअनुसार विश्व स्वास्थ्य सङ्गठनका प्रवन्ध निर्देशक ग्याब्रियसले चीनमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका बारेमा विश्व स्वास्थ्य सङ्गठनका साथै बाहिरी विश्वलाई पनि सूचना उपलब्ध गराउन भनेका थिए । उता निर्देशक सियाओइले भने चीनले यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै कोरोनाका बारेको सूचना उपलब्ध गराउँदै आएको बताएका थिए । निर्देशक सियाओइले चीनले नै सबैभन्दा बढी कोरोनाको उपचार, यसको भाइरसका साथै अन्य उपचारसम्बन्धी सूचनाहरु सुरुदेखि नै उपलब्ध गराउँदै आएको जानकारी सो अवसरमा दिएका थिए ।
विश्व स्वास्थ्य सङ्गठन र अरु देशहरुले पछिल्लो समयमा चीनमा फैलिएको कोरोनाको सूचना उपलब्ध नगराएको आरोप लगाउँदै आएको छ ।तर चीनले पनि यस सङ्क्रमणका विषयमा कुनै पनि सूचना नलुकाएको र सबै सूचनाहरु उपलब्ध गराउँदै आएको दाबी गरेको छ । त्यस अवसरमा चीनले विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर काम गर्ने र यस विषयमा सूचनाका साथै उपचार व्यवस्था र अन्य प्राविधि विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएको जनाइएको छ ।
साथै महानिर्देशक ग्याब्रियसले कोरोना भाइरसको नियन्त्रणका लागि गर्दै आएको प्रयासका साथै यससम्बन्धी विविध प्राविधिक सूचनाहरु आदानप्रदान गर्दै आएकामा चीनको प्रशंसा गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण