पाकिस्तानद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।
मन्त्रालयले यस घटनाबाट आफूहरू दुखित भएको बताउँदै आफ्ना प्रार्थना शोक सन्तप्त परिवारका सदस्यसँग रहेको उल्लेख गरेको छ । यस दुखद घडीमा पाकिस्तान नेपालको साथमा रहेको विज्ञप्तिमा बताइएको छ । यसअघि अमेरिका, चीन र भारतले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेको थियो ।
आइतबार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण