सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भएको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री यादवद्वारा दु:ख व्यक्त

आइतबार, ०१ माघ २०७९, २१ : ३२
आइतबार, ०१ माघ २०७९

जनकपुरधाम । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेको छ ।  
मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
आज विहान ६८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप