बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पर्सलाई हराउँदै आर्सनललाई फराकिलो अग्रता

सोमबार, ०२ माघ २०७९, ०६ : ५८
सोमबार, ०२ माघ २०७९

लण्डन । नर्थ लण्डन डर्बीमा टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी भएको हो ।

शनिबार म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको भरपुर फाइदा उठाउँदै आर्सनलले स्पर्सविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । बुकायो साकाको क्रसलाई स्पर्सका गोलकिपर ह्यागो लोरिसले आफ्नै पोस्टमा छिराएपछि आर्सनलले खेलको १४ औँ मिनेटमा नै अग्रता लिएको थियो । खेलको ३६ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । जीतसँगै आर्सनलको सन् २००४ यता पहिलोपटक लिग उपाधि जित्ने सम्भावना बलियो बनेको छ । १८ खेलपछि आर्सनलको ४७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ३९ अंक रहेको छ । पराजयपछि स्पर्स ३३ अंकसहित लिगको पाँचौँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप