स्पर्सलाई हराउँदै आर्सनललाई फराकिलो अग्रता
लण्डन । नर्थ लण्डन डर्बीमा टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी भएको हो ।
शनिबार म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको भरपुर फाइदा उठाउँदै आर्सनलले स्पर्सविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । बुकायो साकाको क्रसलाई स्पर्सका गोलकिपर ह्यागो लोरिसले आफ्नै पोस्टमा छिराएपछि आर्सनलले खेलको १४ औँ मिनेटमा नै अग्रता लिएको थियो । खेलको ३६ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । जीतसँगै आर्सनलको सन् २००४ यता पहिलोपटक लिग उपाधि जित्ने सम्भावना बलियो बनेको छ । १८ खेलपछि आर्सनलको ४७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ३९ अंक रहेको छ । पराजयपछि स्पर्स ३३ अंकसहित लिगको पाँचौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण