फिल्म ‘सिड्नी’ निर्माणको घोषणा, मुख्य भूमिकामा सविन र रीमा
काठमाडौँ । अस्ट्रेलियाको एक ठुलो सहर सिड्नी विषयमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्मको आइतबार साँझ राजधानीको होटेल एभरेस्टमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा भयो । फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी मुख्य भूमिकामा रहनेछन् ।
वैशाख छेकोबाट छायाङ्कन सुरु हुने फिल्म ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने लागेको हो । फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायाङ्कन हुनेछ । छायाङ्कनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने कार्यक्रममा निर्देशक श्रेष्ठले जानकारी दिए । ‘फिल्मले नेपालदेखि अस्ट्रेलियासम्मको कथा बोल्नेछ । फिल्मले अस्ट्रेलिया नेपाली विद्यार्थीले गर्ने सङ्घर्ष कथाको रूपमा उठाउन खोजिएको छ,’ श्रेष्ठले थपे ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायाङ्कन गर्नेछन् । प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेको फिल्म एक्सन तथा थ्रिलर जनरामा निर्माण हुनेछ ।
कार्यक्रममा अभिनेता सविनले आफू एक्सन भूमिकामा देखिन लागेको बताए । उनले यस अगाडिको फिल्म भन्दा भिन्न यो फिल्ममा आफूलाई देख्न सकिने बताए । अभिनेत्री रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । रीमाले पहिलो पटक सविनको जोडीको रूपमा अभिनय गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण