चेल्सीद्वारा युक्रेनका फरवार्ड अनुबन्ध
लण्डन । प्रिमियर लिग क्लब चेल्सीले युक्रेनका फरवार्ड मखाइलो मड्रिकलाई शाख्तार डोनेस्कबाट ८.९ करोड करोड पाउन्डमा अनुबन्ध गरेको छ । २२ वर्षीय खेलाडीले चेल्सीसँग ६.२ करोड पाउन्डमा साढे ८ वर्षको करार गरेका छन् जसमा २.७ करोड पाउन्ड बोनसको रूपमा रहेको छ ।
‘चेल्सीसँग आबद्ध हुन पाउँदामा म निकै खुसी छु,’ मड्रिकले भने । आर्सनलले पनि अनुबन्ध चाहेका युवा खेलाडीले यो सिजन शाख्तारका लागि १२ लिग खेलमा ७ गोल गरेका छन् ।
‘यो उत्कृष्ट लिगको ठूलो क्लब हो र मेरो करियरका लागि उत्साहजनक परियोजना हो,’ उनले भने । सन् २०२२ मा युक्रेनको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ७ गोल गरिसकेका छन् । चेल्सीले जनवरीमा अनुबन्ध गरेका मड्रिक पाँचौँ खेलाडी हुन् । यसअघि क्लबले जोआ फेलिक्सलाई एट्लेटिको मड्रिडबाट ऋणमा भित्र्याएको थियो भने बेनिओट बेडिअसिल, डेभिड फाफोना र आन्द्रे सान्तोषलाई अनुबन्ध गरेको थियो ।
सन् २०२२ को मेमा अमेरिकी व्यवसायी टड बोहलीले क्लब खरिद गरेपछि चेल्सीले खेलाडीको ट्रान्सफरमामात्र ४० करोड पाउन्ड खर्च गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण