शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

सोमबार, ०२ माघ २०७९, १२ : ०१
सोमबार, ०२ माघ २०७९

काठमाडौं । बितेको २४ घन्टामा भएका छुट्टाछुट्टै दुर्घटनामा  ८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा लु.७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

 सोही ठाउँ बस्ने ६५ वर्षीय भुलर यादवको आइतबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  
यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका-६ रन्जितपुरमा को.१ ह ९८५ नम्बरको अटोरिक्सा आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छिन्नमस्ता गाउँपालिका-१ बस्ने २८ वर्षीया शर्मिला देवी रायको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका-१ पौराहीमा प्र-२-०३-००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र.२-०३-००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका-४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी झापाको कन्काई नगरपालिका-३ स्थित सडकमा प्र.१-०१-००१ ख ३४२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ बस्ने ४४ वर्षीय केशव कुमार नेपालको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

दाङको घोराही उपमहानगरपालिका-१६ बेसाईमा पनि रा.५ प ९५१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय शुसिल चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय बिवेक चौधरी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका-७ रातमाटेमा बागमती प्रदेश ०२-०३७ प ७३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ खत्री टोल बस्ने ६४ वर्षीय बिदुर गजमेयरको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टार उदयपुर हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको नगर अस्पताल बेल्टार उदयपुरमा उपचार भइरहेको छ ।
यसैगरी उदयपुरकै बेलका नगरपालिका-८ बकुन्द्रे खोला नजिक सडकमा प्र १-०२-००१ ह ६३४५ नम्बरको अटो आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-९ बस्ने १८ वर्षीय सुमित शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप