अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु
काबुल । तापमानमा भएको अचानक गिरावटले अफगानिस्तानको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिँदो चिसो बढ्न थालेपछि यहाँको नवजीवन थप कष्टकर बनेको छ ।
चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । साथै बद्घिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा ४ हजार गाईबस्तु मरेका छन् । हेरातका स्थानीय हुसेनले अवैध बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोले आफू अस्पताल भर्ना भएको बताएका छन् ।
उनले भनेका छन्,' हिउँका कारण हामी बाटोमा चार घण्टा रोकियौँ, यात्रा पनि कष्टकर छ । हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्क अनुसार यहाँ कम्तीमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन् । यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला रहेको बुझिएको छ ।
स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ । यसेगरी सार-ए-पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ।
तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो ।
सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । देशले हाल इतिहासमा सबैभन्दा ठुलो मानवीय सङ्कटको सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण