शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध

मङ्गलबार, ०३ माघ २०७९, ०९ : १०
मङ्गलबार, ०३ माघ २०७९

वासिङ्टन  । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन् । 
    
राज्यका कर्मचारीहरूलाई ‘कानुन प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न  रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेका छन् ।

बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्सासले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।

केही राज्यहरू टिकटकलाई लक्षित भन्दा अगाडि बढेका छन्। उदाहरणका लागि न्यु जर्सी र विस्कान्सिनले  चिनियाँ कम्पनीहरूका विक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा प्रतिबन्ध लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप