बाबार आजमको निजी च्याट र भिडियो भाइरल, साथीको प्रेमिकासँग सेक्स च्याट गरेको आरोप
नयाँ दिल्ली । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमको व्यक्तिगत च्याट र भिडियो भाइरल भएको छ । २८ वर्षीय बाबरमाथि एक साथी खेलाडीकी प्रेमिकासँग आपत्तिजनक च्याट गरेको आरोप छ । यस आरोपबारे बाबरको तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।
भारतीय न्युज एजेन्सी आईएएनसले लेखेको छ, ‘पाकिस्तानका कप्तान बाबर आजम एक नयाँ विवादमा फसेका छन्, उनको कथित निजी भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।’
पाकिस्तान के कप्तान बाबर आजम (#BabarAzam) खराब फॉर्म के साथ एक विवाद में पड़ गए हैं, क्योंकि उनके कथित निजी वीडियो और फोटो सोशल मीडिया पर वायरल हो गए हैं। pic.twitter.com/uQgXAuFBDo
— IANS Hindi (@IANSKhabar) January 16, 2023
न्युज एजेन्सीबाहेक केही भारतीय मिडिया रिपोर्टमा यो आरोप ‘ईशा राजपूत’ को नाम इन्सटाग्राम अकाउन्टबाट लगाइएको छ । ईशाले लगातार ७ वटा पोस्ट गरेकी छिन् । तर यो अकाउन्ट भेरिफाइड भने छैन । यस अकाउन्टले मात्र दुई जनालाई फलो गरेका छन् भने ५ सय जना फलोअर्स रहेका छन् ।

यस्तोमा पाकिस्तानका कप्तान आजम ‘हनी ट्रयाप’ मा परेको आशङ्का गरिएको छ । केही सामाजिक सञ्जालमा बाबरले यो च्याट साथीको प्रेमिकासँग गरेको पनि दाबी गरिएको छ ।
बाबरमाथि केही समयअघि एक महिलाले शारीरिक शोषण र मारपिटको आरोप लगाएकी थिइन् । हमीजा मुख्तार नाम गरेकी महिलाले पत्रकार सम्मेलन आयोजना गरेर बाबर स्टार नबन्दै उनीसँग सम्बन्ध रहेको दाबी गरेकी थिइन् । मुख्तारले आफूहरू घरबाट भागेको र बाबरले आफूलाई अलग ठाउँमा राखेको बताएकी थिइन् । पछि ती महिलाले सबै आरोप फिर्ता लिएकी थिइन् ।
यस मामिलामा पाकिस्तानको क्रिकेट बोर्डले पनि केही जवाफ दिएको छैन । पाकिस्तानको मिडियाले पनि यस विषयमा केही बोलेको छैन ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण