बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाबार आजमको निजी च्याट र भिडियो भाइरल, साथीको प्रेमिकासँग सेक्स च्याट गरेको आरोप

मङ्गलबार, ०३ माघ २०७९, १० : ०१
मङ्गलबार, ०३ माघ २०७९

नयाँ दिल्ली । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमको व्यक्तिगत च्याट र भिडियो भाइरल भएको छ । २८ वर्षीय बाबरमाथि एक साथी खेलाडीकी प्रेमिकासँग आपत्तिजनक च्याट गरेको आरोप छ । यस आरोपबारे बाबरको तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

भारतीय न्युज एजेन्सी आईएएनसले लेखेको छ, ‘पाकिस्तानका कप्तान बाबर आजम एक नयाँ विवादमा फसेका छन्, उनको कथित निजी भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।’

न्युज एजेन्सीबाहेक केही भारतीय मिडिया रिपोर्टमा यो आरोप ‘ईशा राजपूत’ को नाम इन्सटाग्राम अकाउन्टबाट लगाइएको छ । ईशाले लगातार ७ वटा पोस्ट गरेकी छिन् । तर यो अकाउन्ट भेरिफाइड भने छैन । यस अकाउन्टले मात्र दुई जनालाई फलो गरेका छन् भने ५ सय जना फलोअर्स रहेका छन् ।

babarpost_1673874979

यस्तोमा पाकिस्तानका कप्तान आजम ‘हनी ट्रयाप’ मा परेको आशङ्का गरिएको छ । केही सामाजिक सञ्जालमा बाबरले यो च्याट साथीको प्रेमिकासँग गरेको पनि दाबी गरिएको छ ।

बाबरमाथि केही समयअघि एक महिलाले शारीरिक शोषण र मारपिटको आरोप लगाएकी थिइन् । हमीजा मुख्तार नाम गरेकी महिलाले पत्रकार सम्मेलन आयोजना गरेर बाबर स्टार नबन्दै उनीसँग सम्बन्ध रहेको दाबी गरेकी थिइन् । मुख्तारले आफूहरू घरबाट भागेको र बाबरले आफूलाई अलग ठाउँमा राखेको बताएकी थिइन् । पछि ती महिलाले सबै आरोप फिर्ता लिएकी थिइन् ।

यस मामिलामा पाकिस्तानको क्रिकेट बोर्डले पनि केही जवाफ दिएको छैन । पाकिस्तानको मिडियाले पनि यस विषयमा केही बोलेको छैन ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप