यी हुन् एमालेबाट मन्त्रीको शपथ र जिम्मेवारी लिने मन्त्रालय, उप्रेतीले पाए रक्षा
काठमाडौँ । नेकपा (एमाले) बाट राज्यमन्त्री नहुने भएका छन् । सत्ता साझेदार दलमा भएको भागबण्डा अनुसार एमालेले आठ मन्त्री मात्रै लिने भएको हो ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेले चार नयाँलाई मन्त्रीको शपथ गराउँदैछ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसहित केही शीर्ष नेताहरूले थप चार मन्त्रीको नाम टुङ्गो लगाएका हुन् । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरि उप्रेती रक्षामन्त्री बन्नेछन् ।
यसअघि मन्त्री बनेका चारमध्ये विष्णु पौडेलले मात्र उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । आज शपथ खाने मन्त्रीमध्ये राजेन्द्र राईले भूमि व्यवस्था, ज्वाला साहले कृषि र दामोदर भण्डारीले उद्योग मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण