आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

टाइमकार्डले सेवाग्राहीलाई सहज

मङ्गलबार, ०३ माघ २०७९, १५ : ४९
मङ्गलबार, ०३ माघ २०७९

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो । 

नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, सङ्घरसंस्था नवीकरण, दलितरजनजाति प्रमाणित, मुद्दा पेसी र तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको थियो । 

आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । अशक्त, अपागङ्ता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्रहीलाई प्राथमिकता दिने गरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो प्रदान गर्न टाइमकार्ड लागू गरिएको  प्रजिअ जोशीले बताए ।

टाइमकार्ड लागू भएपछि सामान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए । संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुगेका भट्टले समयमा नै सेवा पाएको जनाए ।

टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिनेकार्य भइरहेको र प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखी प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए  । अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितको महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप