कीर्तिपुरमा २४ सवारीसाधनका चालकमाथि कारबाही
काठमाडौं । राजधानीको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने २४ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
कारबाहीको क्रममा लाइट नबल्ने, टायर घिस्रिएका टाटासुमो, पानी ट्यारङकर र पिकअप गाडिहरु चलाउँदै गरेका चालकहरुलाई कारबाही गरिएको हो ।
तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका २४ वटा, कागजपत्र साथमा नभएका ६ वटा र सवारी चालक अनुमति पत्र नभएका २ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
साथै सवारी साधनमा अनावश्यक रूपमा प्रयोग गरिएका १० वटा सवारी साधनका लाइटहरू समेत हटाइएको छ ।
सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले कीर्तिपुर क्षेत्रमा १ सय ५५ ओटा सवारी साधन चेकजाँच गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण