देउवासँग माधव र उपेन्द्रको भेट
बुधबार, ०४ माघ २०७९, १० : ३२
काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सभापति देउवासँग भेटवार्ता गर्न अध्यक्ष नेपाल र यादव देउवा निवास धुम्वाराही पुगेका हुन् । तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ । कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर जारी पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ । सरकारलाई समर्थन गरेपनि रोजेको मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी भएको छैन । यता सभामुखमा एमालेसहित अन्य सत्ता साझेदार दलले एमालेका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण