किर्गिस्तानमा नगद विदेशी मुद्रा झिक्न नपाइने
किर्गिस्तान । किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो ।
मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न निषेध गरिएको छ । किर्गिस्तानका बासिन्दा र नागरिकका लागि दश हजार डलर झिक्न पाउने व्यवस्था गरिएको र त्यो सीमा बढेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय, भन्सार सेवालगायत सम्बद्ध सबै निकायलाई अमेरिकी डलर नगदमा निकाल्नबाट रोक्न आवश्यक कदम चाल्न निर्देशन पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण