मधेशका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ
जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईसरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित भएका मण्डल र उपसभामुखमा निर्वाचित भएका ईसरले शपथग्रहण गरेका हुन् । सभामुख मण्डललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए भने उपसभामुख ईसरलाई सभामुख मण्डलले शपथ ग्रहण गराएका थिए ।
सभामुख मण्डलले आजै पदभार ग्रहण गरेका छन् । आज सभामुख मण्डलकै अध्यक्षतामा प्रदेश सभाको बैठक चलिरहेको छ । १०३ जना सहभागी प्रदेशसभा सदस्यमध्ये ७४ जनाले पक्षमा मतदान गरी मण्डल सभामुख पदमा निर्वाचित गराएका थिए भने २९ जनाले विपक्षमा मतदान गरेका थिए ।
त्यस्तै उपसभामुखको लागि भएको निर्वाचनमा १०१ जना सभासदस्य मध्ये ७२ जना सदस्यले पक्षमा मतदान गरी निर्वाचित गराएका थिए र उनको विक्षमा पनि नेकपा एस र नेपाली कांग्रेसका २९ जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण