आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको निधन
येरेभान । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार ९ बिहान आगलागी हुँदा ती सैनिक मारिएका हुन् ।
प्रारम्भिक जानकारी अनुसार सैन्य इकाईको इन्जिनियर र स्नाइपर कम्पनीको ब्यारेकमा भएको आगलागीको कारण खुलिनसकेको उक्त मन्त्रालयले बताएको छ । गत अगस्टमा राजधानी येरेभानको व्यस्त बजारमा विष्फोट र त्यसपछि भएको आगलागीमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।
करिब ३० लाख जनसङ्ख्या भएको आर्मेनिया सन् २०२० मा अजरबैजानसँग भएको युद्धबाट नासिएका भौतिक संरचनालगायत पूर्वाधार पुनः निर्माणमा लागेको छ । युद्धमा पराजय भोगेपछि राजनीतिक सङ्कट उत्पन्न हुँदा कठिन अवस्थाबाट आर्मेनिया गुज्रिरहेको छ । युद्ध अन्त्य भए पनि आर्मेनिया र अजरबैजानका सीमा क्षेत्रमा तनाव जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण