आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको निधन
येरेभान । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार ९ बिहान आगलागी हुँदा ती सैनिक मारिएका हुन् ।
प्रारम्भिक जानकारी अनुसार सैन्य इकाईको इन्जिनियर र स्नाइपर कम्पनीको ब्यारेकमा भएको आगलागीको कारण खुलिनसकेको उक्त मन्त्रालयले बताएको छ । गत अगस्टमा राजधानी येरेभानको व्यस्त बजारमा विष्फोट र त्यसपछि भएको आगलागीमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।
करिब ३० लाख जनसङ्ख्या भएको आर्मेनिया सन् २०२० मा अजरबैजानसँग भएको युद्धबाट नासिएका भौतिक संरचनालगायत पूर्वाधार पुनः निर्माणमा लागेको छ । युद्धमा पराजय भोगेपछि राजनीतिक सङ्कट उत्पन्न हुँदा कठिन अवस्थाबाट आर्मेनिया गुज्रिरहेको छ । युद्ध अन्त्य भए पनि आर्मेनिया र अजरबैजानका सीमा क्षेत्रमा तनाव जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !