बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लहानमा सहिद संग्रहालय बनाइने

बिहीबार, ०५ माघ २०७९, १२ : ५६
बिहीबार, ०५ माघ २०७९

सिरहा ।  मधेस सरकारले सिरहाको लहानमा सहिद संग्रहालय बनाउने घोषणा गरेको छ । मधेस बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित सहिदप्रति मल्यार्पण कार्यक्रममा अर्थमन्त्री संजय यादवले सो घोषणा गरेका हुन् । 
उनले जग्गा उपलब्ध भयो भने यसै आर्थिक वर्षदेखि संग्रहालय बनाउने सुरु गरिने बताउँदै सहिदको सम्मानका लागि मधेस सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

मधेसी सहिदको कारण मधेस सरकार बन्न सम्भव भएको उल्लेख गर्दै उनले सरकारले सहिद र परिवारको सम्मानमा हरसम्भव प्रयास गर्ने बताए । आजै सहिद परिवारका सदस्य तथा घाइतेलाई सम्मान पनि गरिएको छ । जनकपुरमा आयोजित विशेष कार्यक्रममा सहिद परिवार तथा घाइते परिवारलाई सम्मान कार्यक्रम रहेको मन्त्री यादवले बताए । 

सरकारले मधेस प्रदेशमा सुशासन कायम गर्न कदम चालिसकेको बताउँदै उनले प्राप्त उपलब्धीलाई रक्षा गर्दै अन्य मागका लागि आफ्नो पार्टीले संघर्ष कायम राख्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप