लहानमा सहिद संग्रहालय बनाइने
सिरहा । मधेस सरकारले सिरहाको लहानमा सहिद संग्रहालय बनाउने घोषणा गरेको छ । मधेस बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित सहिदप्रति मल्यार्पण कार्यक्रममा अर्थमन्त्री संजय यादवले सो घोषणा गरेका हुन् ।
उनले जग्गा उपलब्ध भयो भने यसै आर्थिक वर्षदेखि संग्रहालय बनाउने सुरु गरिने बताउँदै सहिदको सम्मानका लागि मधेस सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
मधेसी सहिदको कारण मधेस सरकार बन्न सम्भव भएको उल्लेख गर्दै उनले सरकारले सहिद र परिवारको सम्मानमा हरसम्भव प्रयास गर्ने बताए । आजै सहिद परिवारका सदस्य तथा घाइतेलाई सम्मान पनि गरिएको छ । जनकपुरमा आयोजित विशेष कार्यक्रममा सहिद परिवार तथा घाइते परिवारलाई सम्मान कार्यक्रम रहेको मन्त्री यादवले बताए ।
सरकारले मधेस प्रदेशमा सुशासन कायम गर्न कदम चालिसकेको बताउँदै उनले प्राप्त उपलब्धीलाई रक्षा गर्दै अन्य मागका लागि आफ्नो पार्टीले संघर्ष कायम राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण