‘जेरी–२’ मा आनाको इन्ट्री
काठमाडौँ । अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी–२’ मा अभिनेत्रीको रुपमा आना शर्मा छानिएकी छन् । आना र निर्माण टिमबीच फिल्ममा सहकार्यबारे सम्झौता भएको हो । करिब ८ वर्ष अगाडि अभिनेता केसीकै जोडीको रुपमा ‘जेरी’बाट अभिनयमा त्रिभिएकी आनाले फेरि उनैसँग पर्दामा रोमान्स गर्ने भएकी हुन् । यस अगाडि पूर्णिका सिंजापति पनि नायिकाको रुपमा फाइनल भइसकेकी छन् ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन् । अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत आह्वान गरेको छ । एक महिनापछि छायांकन सुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनको लागि तय गरिएको छ । सगरमाथा क्षेत्रमा यसअघि अनमोल र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ छायांकन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण